Sacho Khabar

समाचार

आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास सार्वजनिक

आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास सार्वजनिक

  बिर्तामोड कार्तिक २३।। आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको  एक समारोहका बीच आज झापाको बिर्तामोडमा विमोचन गरीएको छ । क्यान्सर रोग बाट ग्रसित  शिक्षक समेत रहेका लेखक बुढाथोकीको  चार बर्षको प्रयासपछि प्रकाशन गरिएको कृतिको शुक्रबार बिर्तामोडमा विमोचन गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी लगायत सम्पूर्ण विशिष्ट व्यक्तिहरूले संयुक्त रुपमा ‘याङरुप’ उपन्यासको विमोचन गरेका हुन् । मेची क्याम्पसका प्राध्यापक तारा विविध, मधु केरुङ, प्राडा बद्री विलास पोखरेल, प्राडा टंक न्यौपाने र डा. बालचन्द्र सुब्बा लगायतले पुस्तकको समिक्षा गरेका थिए । कार्यक्रममा कवि तथा गजलकार रिता…
Read More
पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा झडप,चारजना घाइते

पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा झडप,चारजना घाइते

  ताप्लेजुङ  कार्तिक २३।।    ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा काफ्ले पार्टीमा शुक्रबार दुईपक्षबीच झडप भएको  छ। केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना भएको हो । उक्त स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर  अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो। त्यसपछि केवलकार निर्माणका पक्ष र विपक्षबीच ढुङ्गा हानाहान भएको हो  । उक्त झडपलाई नियन्त्रणका क्रममा केही प्रहरी र केही प्रदर्शनकारी  घाइते भएका छन्। घाइते हुनेमा केवलकार निर्माण विरुद्धका अगुवाई गर्ने मध्य एक चन्द्र मादेन ,मनकुमार लिम्बु र…
Read More
शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने

शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने

  काठमाडौं कार्तिक २२ ।। भोलि शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन्। विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो।  राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा प्रवाह गर्न आग्रह गरेको छ। १० घण्टासम्म विमानस्थल बन्द…
Read More
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

  बिर्तामोड कार्तिक २२ ।।आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै धुमधामका साथ छठ पर्व मनाइन्छ। एतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको हो। ​सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ।  मुख्य दिन शुक्ल षष्ठी भए पनि छठचतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। व्रतविधि ​कार्तिक शुक्ल…
Read More
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

  अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुन विजयी भएका छन्। अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ। समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल…
Read More
घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते

घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते

पाँचथर कार्तिक २०।। पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नं २ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ग्यास सिलिन्डर लिक भई घरमा आगलागी हुँदा घरधनी जयप्रकाश राई  घाइते भएका छन् । उनको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिए ।   घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन् । राईको घरमा मंगलबार अपराह्न ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ । घरभित्र राखिएको ग्यास पड्किएकाले ग्यास लिक भएर आगो सल्केको हो कि ? भनेर अनुमान गर्न सकिने साहले बताए । यद्यपि आगलागीको कारण यकिन नभएको उनको…
Read More
राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा  दोषी ठहर

राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहर

  पोखरा कार्तिक २०।।  गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर्‍याएको छ। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो। उनी मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका थिए। यसअघि उच्च अदालत पाटनले उनलाई दोषी ठहर्‍याएपछि उनले उच्चको फैसलाविरुद्ध सर्वोच्चमा गरेको निवेदनमा सर्वोच्चले दावी नपुग्ने ठहर गर्दै उच्चकै फैसलालाई नै सदर गरेको हो। उच्चले मनाङेलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो। फैसलाअनुसार अब मनाङेले ३ वर्ष कारागारमा बस्नुपर्नेछ। यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी २ वर्ष कारागार बसिसकेका छन्। सर्वोच्चको…
Read More
छठ पूजा आजबाट सुरु, पहिलो दिन आज नहा खा गरिँदै

छठ पूजा आजबाट सुरु, पहिलो दिन आज नहा खा गरिँदै

  बिर्तामोड कार्तिक २०।। सूर्यको आराधना गरी मनाइने छठ पर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि धुमधामका साथ सुरु भएको हो । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज ब्रतालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज ब्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (बिनानुन हालेको) खानेकुरा खाने चलन छ । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीवार साँझ गहुँ र चामल ओखल, जातो वा…
Read More
झापाको बाहुनडागीमा जेसिस धारा उद्घाटन

झापाको बाहुनडागीमा जेसिस धारा उद्घाटन

  मेचीनगर कार्तिक १६।। बाहुण्डाँगी जेसीजको संयोजनमा निर्माण भएको जेसीज धारा उद्घाटन गरिएको छ ।  मेचीनगर ४ आमडाँगीमा रहेको शिवालय मन्दिरमा  धारा निर्माण गरिएको हो । मेचीनगर ४ आमडाँगीका राहुल भातरी (रबिन) ले आफ्ना बुबा टिकाराज भारतीको स्मृतिमा निर्माण गरिदिनु भएको उक्त जेसीज धाराको लक्ष्मी पुजाको अवसर पारेर उद्घाटन गरिएको हो । यस अघि टंकबहादुर देवकोटाको स्मृतिमा पहिलो जेसीज धारा निर्माण गरिएको थियो । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेर काम गर्दै आएका भारतीले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो । बाहुण्डाँगी जेसीजले वर्ष २०२४ मा गरेको कामलाई नजिकबाट नियालेका भारतीले जेसीजका अध्यक्ष देबु बानियाँलाई आफ्ना बुबाको…
Read More
गौरादहमा गोरुले हान्दा एकको मृत्यु, अर्का एक घाइते

गौरादहमा गोरुले हान्दा एकको मृत्यु, अर्का एक घाइते

  बिर्तामोड कार्तिक १५।।  झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो। गोरुले हानी घाइते बनेका शर्माका ढाडका ७ वटा करङ भाँचिएका थिए। उनलाई लाइफ लाइन अस्पताल दमकमा उपचार गराउँदा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको थियो। उपचारका क्रममा उनको नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै सोही गोरुलाई समाउने क्रममा उनका छिमेकी रविन राजवंशी पनि घाइते भएका छन्। राजवंशीको टाउकोमा चोट लागेको छ।
Read More