काठमाडौँ भाद्र १।।गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज हुँदैछ। भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्। यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द…

काकरभिट्टा भाद्र १ । प्रहरीले झापाको मेचीनगरबाट दुईजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति ४ बुधबारेका ३१ वर्षीय दोर्णबहादुर बेघालाई पक्राउ गरेको हो । उनीमाथि जाँच गर्दा पाइन्टभित्र लुकाएर राखेको कालो रङको प्लाष्टिकको पोकाभित्र १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो । त्यस्तै, भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १० शान्तिटोलका ३० वर्षीय सुरेन्द्र गुरुङलाई पक्राउ गरिएको छ । उनीमाथि जाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड साउन ३२।। पहिलो संस्करणको अपार सफलतापछि गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करणको डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए । याक्थुङहरूको हराउँदै गइरहेको भाषा लिपि संस्कार संस्कृति रीतिरिवाजलाई विश्वभर प्रचारप्रसार गर्ने र लोप हुँदै गइरहेको ढेक याक्थुङ मौलिकताको उजागर गर्ने उद्देश्य सहित याक्थुङ स्टार आयोजना गरिएको आयोजक अमर कृति म्युजिक प्रालीका सञ्चालक लिम्बुले जानकारी…

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे भन्ने ठाउँमा शुक्रबार लेदोसहित भीषण बाढी आएको छ। हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढी पसेको खबर आएको बताइन्। प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्। ‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्, ‘केही भौतिक संरचनामा क्षति पुगेको जानकारी आएको छ। पुष्टि हुन बाँकी छ।’ स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ।

खोटाङ साउन ३२ ।। भारी वर्षपछि गएको पहिरोले पुरिएर खोटाङमा एक शिक्षिकाको निधन भएको छ। जिल्लाको रावाबेँसी गाउँपालिका ३ की ६० वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर निधन भएको हो। स्थानीय विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका नेवार बिहीबार विद्यालय जाँदै गर्दा बाटोमाथिबाट खसेको पहिरोले पुरिएकी थिइन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोले पुरेर गम्भीर घाइते भएकी नेवारको उद्धार गर्न ढिला भएकाले घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको खोटाङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ट उपरीक्षक भीम दाहालले बताएका छन्।

बिर्तामोड साउन ३१ ।। गत वर्षदेखि झापाको बिर्तामोडमा सुरु भएको श्रीकृष्ण रथ यात्रा यो वर्ष पनि हुने भएको छ। श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो । यस वर्ष पनि यी दुवै संस्थाको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आगामी भदौ ११ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन…

बिर्तामोड, ३० साउन ।।बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो । नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनु भयो। आनन्दचोकसम्मको १ हजार…

ताप्लेजुङ साउन ३० ।। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वाड नं ६ मा गएराति गएको पहिराले दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गमा पर्ने घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई…

बिर्तामोड साउन ३० ।। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुट्टाबारी चारअलि सडक खण्डमा मोटरसाइकलको ठक्कर बाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजनाको गम्भिर अवस्थामा उपचार भईरहृको छ । मेचीनगर-१३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटर साईकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घट्नामा पैदलयात्री नाम थर खुल्न नसकेको ३६ बर्षको पुरुष घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो । बोल्न नसक्ने गरि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेका मोटर साईकल चालक सवार मेचीनगर-१३ का मन्दिप मेचेको दुबै हात र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ…