(more…)

काठमाडौं साउन २२।। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । यताबाट बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको झाको भनाई छ । कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ…

बिर्तामोड साउन २१।। टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन गरिएको छ। आज झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिति संयोजक रोम घिमिरेको अध्यक्षता तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यतामा झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो। प्रतिष्ठान कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको कार्यक्रममा राजु गिरी सहसंयोजक गुमान सिंह तामाङ सदस्य सचिव कमला नेमाङ आर्थिक संयोजक चयन भएका छन्। त्यसैगरी जिल्ला सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी,…

बिर्तामोड साउन २०।। प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए । प्रभु बैंक लि. को झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने…

झापा साउन २०।। झापामा यस आर्थिक वर्षमा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैरआवासीय नागरिकता लिएको पाइएको छ । नेपालीहरुले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपनेर् नियम रहेको र यस आर्थिक वर्षमा मात्रै १०८ जना नेपालीहरुले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशाशन कार्यालय झापाका सूचना अधिकारी समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । यता, यस आर्थिक वर्षमा १८ हजार २२ जनाले वंशजका आधारमा र ६९२ जनाले बैवाहिक अंगिकृतका आधारमा गरी जम्मा १८ हजार ७ सय १४ जनाले नागरिकता लिएको झापाका सहयक प्रजिअ विश्वराज नेपालले बताउनुभयो । यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरिकता निकाल्नेको सङ्ख्या झण्डै नयाँ नागरिकता बनाउनेकै हाराहारीमा रहेको…

ताप्लेजुङ साउन २०।। ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

दमक साउन१९ ।। झापाको दमकमा शुक्रबार आयोजित दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गानाले उचालेका छन् । जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेल साथै प्रि-जुनियरतर्फ प्राची सुनुवार र किशोर काफ्ले विजेता बनेका छन् । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनिरतर्फ फर्स्ट रनरअपमा आरुषी ढुङ्गेल, सेकेन्ड रनरअपको उपाधि दिप्ती अधिकारी र नन्दनी उराव प्राप्त गरेका छन् । जुनियरतर्फ फर्स्ट रनरअपमा प्रिन्सेसतर्फ निसाम चेम्जोङ र प्रिन्सतर्फ सार्थक सुनाम विजयी बनेका छन् । त्यस्तै सेकेन्ड रनरअपमा सितोस्ना कार्की र मियाशा ओझाले प्रिन्सेसतर्फको उपाधि जितेका छन् भने प्रिन्सतर्फ एक्सन भण्डारी विजयी बनेका छन् । प्रि-जुनियरमा…

बिर्तामोड साउन १९ ।। वीरता जेसीजले बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक संस्थागत तथा मन्टेश्वरीमा कार्यरत सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्राविधिक सहयोग तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रायोजन गरेको कार्यक्रममा बिर्तामोड नगर प्याव्सनले संयोजन गरेको थियो । बिर्तामोड नगरपालिका शिक्षा शाखाले कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा विभिन्न विद्यालयका सवारी चालक तथा परिचालक गरी तीन सय भन्दा धेरैको सहभागीता रहेको थियो । वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । वीरता जेसीजका कोषाध्यक्ष टिकाराम खतिवडाले संयोजन गरेको कार्यक्रममा स्वागत…

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ’, उनले…

झापा साउन १९।। जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछी बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए। ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’ मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ । उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए…