Sacho Khabar

समाज

विश्व स्तनपान सप्ताह, शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह

विश्व स्तनपान सप्ताह, शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह

  शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा  आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्। विश्व स्तनपान सप्ताहका अवसरमा  आयोजित ‘स्तनपानको महत्त्व: चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन।   उनले भनिन, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन।’उनले बच्चाको माया ममता पनि कम हुदै जाने बताइन। उनले भनिन, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन।’ स्तनपान गराउँदा आमा र शिशु…
Read More
पारिको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा

पारिको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा

  बिर्तामोड, १७ साउन : बिर्तामोड नगरपालिकाले सुरु गरेको 'पारिको होइन बारीको खाउँ' कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका छन् । आज (बिहिबार ) वडा नम्बर ३ स्थित बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै ६ वटा तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका हुन् । कार्यक्रम अन्तर्गत अब ४ वटा संकलन तथा बिक्री केन्द्र औपचारिकरुपमा सञ्चालनमा आउन बाँकी छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई विषादीमुक्त नगरकोरुपमा अघि बढाउन सबैलाई आग्रह गर्नु भयो । उहाँले राम्रो र अर्गानिक तरकारी उत्पादन गर्ने कृषकलाई नगरबाट पुरस्कृत गर्ने गरि कार्य अघि बढाईने बताउनु भयो । यस्तै…
Read More
मेची प्रादेशिक अस्पतालका कर्मचारी अस्पताल भित्रै मृत भेटिए

मेची प्रादेशिक अस्पतालका कर्मचारी अस्पताल भित्रै मृत भेटिए

  भद्रपुर साउन १६ ।। मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८ः५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेको थियो । सीसी टिभी फुटेज हेर्दा शर्मा गएराती करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ । त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ । आज बिहान सरसफाई कर्मचारीले कोठाभित्र शव…
Read More
भोजपुरमा बाडीले बगाएर  दुई मजदुर बेपत्ता

भोजपुरमा बाडीले बगाएर दुई मजदुर बेपत्ता

  भोजपुर, साउन १६ । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।
Read More
भारतको केरलामा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३पुग्यो

भारतको केरलामा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३पुग्यो

  भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो सङ्ख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको…
Read More
लागुऔषधसहित दमकका तीनजना युवा झापा गाउँपालिकाबाट पक्राउ

लागुऔषधसहित दमकका तीनजना युवा झापा गाउँपालिकाबाट पक्राउ

  बिर्तामोड साउन१६।। लागुऔषधसहित दमकका तीनजना युवालाई झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकास बस्नेत र १९ वर्षीय रोमित कटवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । को. ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा थापाले प्रहरीलाई देख्नासाथ कालो प्लास्टिकको पोका भुइँमा फालेर भाग्न खोजेका थिए । उनीसँगै रहेका बस्नेत र कटवाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लास्टिकको पोका खोलेर हेर्दा…
Read More
बालिकामाथि यौन दुर्ववहार अभियोगमा देवी माविका सुरक्षा गार्ड पक्राउ

बालिकामाथि यौन दुर्ववहार अभियोगमा देवी माविका सुरक्षा गार्ड पक्राउ

  बिर्तामोड साउन १५ ।। झापाको बिर्तामोडस्थित देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन दुर्व्यवहार अभियोगमा गत बुधबार पक्राउ परेका हुन् । बिर्तामोड ४ निवासी पान्डे पूर्वप्रहरी पनि हुन् । कराते खेल्न आएकी बिर्तामोड ६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक अम्विका श्रेष्ठले…
Read More

कनकाई नगरले किन्यो विद्युतीय गाडी

सुरुङ्गा साउन १५।।    झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ । कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ । नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो । आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा…
Read More
आज साउन १५ खिर खाने दिन

आज साउन १५ खिर खाने दिन

  बिर्तामोड साउन १५।। आज  साउन १५  अर्थात खिर खाने दिन आज खिर खाएर साउन १५ मनाउने गरिन्छ  । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।…
Read More
क्यानडा पठाइदिन्छु भन्दै ८४ लाख ठगी गर्ने झापाका भण्डारी पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ८४ लाख ठगी गर्ने झापाका भण्डारी पक्राउ

  काठमाडौँ साउन १५।।   क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले पीडितहरुलाई क्यानडा लाने भनेर प्रलोभनमा पारेर विभिन्न व्यक्तिका नाममा भएका बैंक खाताहरूमा पटकपटक गरी ८४ लाख १५ हजार ६२५ रूपैयाँ पठाउन लगाएर ठगी गरेका छन् । पक्राउपछि उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
Read More