Sacho Khabar

समाज

वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम  सम्पन्न

वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम सम्पन्न

  बिर्तामोड,असार २८॥वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ। गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो । महिलाहरुलाई आत्मनिर्भर, सशक्तिकरण र उद्यमशिलतासंग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताउनुभयो । सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशिलताको विषयमा महत्वपुर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् । विजय तिम्सिनाले सहजीकरण गर्नु भएको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक संगिता सिवाले…
Read More
सामाजिक सुरक्षा भत्ता लिन तत्काल लाई राष्ट्रिय परिचयपत्र नचाहीने

सामाजिक सुरक्षा भत्ता लिन तत्काल लाई राष्ट्रिय परिचयपत्र नचाहीने

  बिर्तामोड असार २७॥ सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । “सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णय भएकोमा मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता  प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।
Read More
मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या

मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या

  मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान १०ः३० बजेतिर सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र शव भेटिएको कार्कीले बताए ।बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ। मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको प्रहरी प्रमुख कार्कीले बताए। यद्यपि, हत्यामा संलग्नको पहिचान भएको छैन । बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्-श्रीमती बस्दै आएका थिए। घटनास्थलमा नभेटिएका…
Read More
कचनकवल -५ का वडाध्यक्ष र छिमेकी  बीच कुटाकुट पाँचजना घाइते

कचनकवल -५ का वडाध्यक्ष र छिमेकी बीच कुटाकुट पाँचजना घाइते

  बिर्तामोड असार २६ ॥गाउँमा विवाद मिलाउने क्रममा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष नुर आलम र छिमेकी रैमु मियाको परिवारबीच कुटाकुट भएको छ । दुई परिवारबीचको कुटाकुटमा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष आलम र उनकी श्रीमतीसहित पाँचजना घाइते भएका छन् । कचनकवल-५ पाठामारीस्थित नयाँहाट बस्तीमा वडाध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उनकी श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले नेपाल प्रहरीमा भएका जेठा छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७-८ बर्षदेखि घरेलु हिंसा गर्दै आएका थिए हिजो पनि कुटपिट गरेको भन्दै राति १० बजे मिराजनी निशाले वडाध्यक्ष आलमलाई घरमा लिन आई झगडा…
Read More
बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

  झापा असार २५॥ बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ। इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुलछेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन्। माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए।
Read More
पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

झापा । २२ असार । यो समय वर्षाको समय हो।वर्षाको बेला देशभरका खोला नालामा पानीको सतह बढ्नुका साथै बिभिन्न स्थानमा पहिरो खस्ने गर्दछ । बाडी पहिरोका कारण केहि पहाडी क्षेत्रका सडक अवरुद्ध हुँदा सडक यात्रा गर्न समस्या भएको पाइन्छ।आज पनि पहिरोका कारण देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सडकमा खसेको पहिरोको कारण दुवै सडक आज बिहानैदेखि अवरुद्ध बनेका…
Read More
आमाको हत्या  आरोपमा  छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

तेह्रथुम असार २१ ।।   तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग गरेको जनाएको छ । दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
नुनको मूल्य बढ्यो

नुनको मूल्य बढ्यो

  काठमाडौं असार १८ ॥ साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ। कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो। अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो। यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्‍याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ।
Read More
झापाको भद्रपुरमा धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या , एक पक्राउ

झापाको भद्रपुरमा धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या , एक पक्राउ

भद्रपुर असार १४॥ झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ । हत्या गर्ने भद्रपुर नगरपालिका २ पृथ्वीनगरस्थित डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । वृद्धा गौरीमाया राजेशकै घरमा उनकी दिदीसँग गफगाफ गरी बसिरहेकी थिएन । सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको कारण नखुलेपनि राजेशको मानसिक अवस्था ठिक नभएको…
Read More