बिर्तामोड, न्युटनस् एजुकेसन एकेडेमीले कन्काई हस्पिटलसँग सम्झौता गरेको छ। न्युटनस् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि कन्काई हस्पिटलसँग सम्झौता भएको छ । विद्यालय परिसरभित्र भएका दुर्घटनाको लागि बिर्तामोड ५ स्थित कन्काई हस्पिटल प्रा.लि. र न्युटन्स् एजुकेसन एकेडेमीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा.लि.को तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ । (more…)

बिर्तामोड झापा।। आजबाट बडा दशैं सुरु भएको छ। बडा दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ। नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको…

पाँचथर असोज १४ ।। कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ पाँचथर र इलाम दिनदिन यता विद्युत् अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाममा बैंक, वित्तीय संस्था र कलकारखानासहित विद्युतबाट चल्ने सबै सेवा प्रभावित भएका छन्। असोज १२ गते आएको बढी तथा पहिरोका कारण केन्द्रीय प्रसारणलाइन इलाममा क्षति भएपछि पूर्वी पहाडी जिल्लाहरू अन्धकारमय बनेका हुन्। नेसनल ग्रिडको ३३ हजार भोल्ट क्षमताको प्रसारणलाइनको टावरमा क्षति भएको छ। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा एउटै लाइनबाट विद्युत् वितरण हुँदै आएको छ। इलामको माईखोलामा चारवटा पोल ढलेकाले यी तीन जिल्लामा विद्युत् अवरुद्ध भएको ताप्लेजुङ विद्युत् प्रसरणलाइनका प्रमुख सुरेशकुमार चौधरीले बताए। ताप्लेजुङ…

बिर्तामोड ।। लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१…

पाँचथर । पाँचथरको फिदिम मा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको करण गए राति पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो। फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबाशि जनजातीको भवन पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनिहरुकाे घरमा के काे थिए र काे काे बस्थे भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले जानकारी िदए । पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण…

झापा ।। चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण जनजीवन प्रभावित भएको छ। मानिसहरू अत्याधिक गर्मीका कारण ढल्न थालेका छन्। कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन् । कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती बृद्धाको पहिचान खुलिसकेको छैन सैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला…

बिर्तामोड, असोज ५ ।। टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विच फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिनु भयो । उहाँले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरअस्पताललाई व्यवस्थित र…

यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार राति एक सूचना जारी गर्दै दसैँको साइतहरुबारे जानकारी गराएको हो । समितिका अनुसार टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ । त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ…

झापा ।। इलामको चुलाचुली वडा १ मा अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खाएको छ । हिजो(बुधबार) मध्याह्न १२ बजे स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिंगरले खाँदैगरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए । करिब ४० किलोको अजिंगर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जंगलमा छाडेका छन् ।

झापा।। आज असोज ३अर्थात् १०औँ संविधान दिवस २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएको थियो । । संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज सरकारले सविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । ७ दशक लामो संघर्षपछि २०७२ सालमा संविधान जारी गर्नु कम चुनौतीपूर्ण थिएन । लामो संघर्षपछि देशले संविधान पाएको खुसीयालीमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सरकारले घर, कार्यालय तथा आफ्नो राष्ट्रिय झण्डा फहराएर संविधान दिवस हर्षोल्लासका साथ मनाउन आग्रह गरेको छ । साथै आज अपरान्ह ४ बजे संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिक कन्सर्टको समेत…