धनकुटा ।असार ४ ॥ बाँदरको आंतक रोक्न धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका किसानहरूले जंगलमा फलफूल रोप्न थालेका छन्। बर्सेनि बाँदरले बाली नष्ट गर्न थालेपछि किसानहरूले वनजंगलमा फलफूलजन्य बिरुवा रोप्न सुरु गरेका हुन्। धनकुटा जितपुर मात्र होइन, जिल्लाका अधिकांश किसानहरू बाँदरको आंतकबाट पीडित बन्दै आएका छन्। बर्सेनि किसानले खेतबारीमा लगाएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि जितपुरका किसानहरूले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवाहरू रोप्न सुरु गरेका हुन्। वनजंगलमा फलफूलजन्य बोटविरुवा भएपछि बारीसम्म बाँदर नआइपुग्ने भएकाले विभिन्न प्रजातिका फलफूलजन्य करिब २ हजार बिरुवा रोपिएको सब-डिभिजन वन कार्यालय जितपुरकी फरेस्टर आयुष्मा गहतराजले जानकारी दिइन्। शर्मादेवी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सहभागितामा वनमा अमला, बडहर, जामुन, कास्मिरी जामुन,…

झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा । ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को । १ ख ५०८७ नम्बरको बस एकआपसमा ठोक्किएका थिए । घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौजनाको लाइफलाइन अस्पताल र एकजनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक…