झापा असार ५ झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । झापामा चार दिनयता अविरल वर्षा भइरहेको छ । लगातारको पानीले दक्षिणी झापा डुबानमा परेको छ । ३२ जना विस्थापित भएका छन् । विभागका अनुसार अहिले बिहान कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशका केही स्थानमा…