Sacho Khabar

Day: २०८१ असार ७, बिहीबार

एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ असार ६ ।। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने…
Read More
रतुवा खोलाले बगाउदा एक जनाको मृत्यु

रतुवा खोलाले बगाउदा एक जनाको मृत्यु

  दमक । झापाकाे दमकमा रतुवा खाेलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  दमक- १ हवल्दार चाेक बस्ने ५३ बर्षका माेहन रामदामलाई खाेलाले बगाउँदा मृत्यु भएकाे हाे । दमक-७ काे हाटखाेलाबाट खाेला तर्ने क्रममा रामदामलाई रतुवा खाेलाले बगाएकाे थियाे । उनलाई खाेलाले बगाउँदै गर्दा स्थानीयले उद्दार गरेका थिए । तर साे समयमा उनकाे मृत्यु भइसकेकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ । रामदामकाे शवलाई कानुनी प्रक्रिया पुरा गरी पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।  
Read More