Sacho Khabar

Day: २०८१ असार १०, आईतवार

प्रेमिकाले धोका दिएको भन्दै प्रेमीले गरे आत्महत्या

प्रेमिकाले धोका दिएको भन्दै प्रेमीले गरे आत्महत्या

  झापा असार ९॥  प्रेमिकाले धोका दिएको भन्दै धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले  आत्महत्या गरेका छन । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ । उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको‌ खर्च देऊ भनेर दबाब दिए । गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ,…
Read More
दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ का ५५ वर्षीय धङ्के भनिने धनसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । भरुवा बन्दुक लिएर सेला वनमा शिकार खेल्न गएका सोही ठाउँका ५३ वर्षीय जयसिंह डडालले बोकेको बन्दुक पड्केर झाडीमा पासो थापेर बसेका धनसिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घटनामा संग्लन रहेका जयसिंहले शुक्रबार बेलुकी प्रहरी चौकी दल्लेखमा आत्मर्पण गरेका छन् । घटनाबारे थप अनुसन्धान गर्न सुरक्षाकर्मी खटिएको प्रहरीले जनाएको छ ।
Read More
गाडी ग्यारेजमा आगलागी९ लाख रुपैयाँबराबरकोक्षति

गाडी ग्यारेजमा आगलागी९ लाख रुपैयाँबराबरकोक्षति

बिर्तामोड असार ९ । बिर्तामोडको नयाँ बसपार्कमा रहेको ग्यारेजमा आगलागी भएको छ । अहिले बिहान बसपार्कमा रहेको एउटा गाडी ग्यारेजमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको र आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए । आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको थियो । बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँबराबरको क्षति भएको हो । बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आयो नियन्त्रणमा आएको थियो ।  
Read More