बिर्तामोड असार ११॥ चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजना नेपाल चलचित्रकर्मी संघको प्रबर्दन र बिर्तामोड नगरपालिकाको आर्थीक सहयोगमा एक दिने चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रम झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतरा प्रसाईको, प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चलचित्र पत्रकारिता सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको तालिमको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामी र चलचित्र पत्रकार शान्ति प्रियाले सहजिकरण गरेका थिए। तालिमामा झापाका बिभिन्न संचार माद्यममा कामगर्ने ४० भन्दाबडी पत्रकारहरुको सहभागिता रहेको थियो। तालिमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको र पछिल्लो…

बिर्तामोड ।। असार ११। झापामा चट्याङ लागेर एकै दिन तीनजनाको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरी र झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ…

बिर्तामोड असार ११। झापाको कमल गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ७ बजे कमल गाउँपालिका वडा नम्वर २ समाईगढका ४६ बर्षिय राजन खड्कालाई चट्याङ लागेको थियो । घरबाट खेतमा जाने क्रममा उनलाई चट्याङ लागेपछि घाइते अवस्थामा उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्याउना साथ चिकित्सकले ७ ४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चन्दले बताउनुभयो ।