काठमाडौं असार १९।। नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । एमालेले आजै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर…

चितवन असार १९॥ बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका–७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६…