इलाम असार २१ ।। अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ। इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन प्रदान गरेको हो। कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताईन । आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा…

तेह्रथुम असार २१ ।। तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग गरेको जनाएको छ । दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पाँचथर असार २१॥ पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते भएका एक युवकको ज्यान गएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने (धामी झाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरू बिच कुटाकुट हुँदा घाइते भएका फिदिम १४ निवासी ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो । बिहीबार साँझ साढे नौ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेश सहित २८ वर्षका पर्शुराम राई २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर वि.क.लाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटका कारण सख्त घाइते भएका राईलाई उपचारका लागि तत्काल…