Sacho Khabar

Day: २०८१ असार ३०, शनिबार

यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, डा गुरुङलाई प्रदान

यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, डा गुरुङलाई प्रदान

  मेचीनगर,असार २९॥ यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा ।डा । जगमान गुरुङलाई प्रदान गरिएको छ । २११ औँ भानु जयन्तीको अवसरमा काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको कार्यक्रममा आयोजित एक कार्यक्रममा गुरुङलाई नगद १ लाख एक हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका बारेमा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले प्रकाश…
Read More
स्वर्गीय  लिम्बुको परिवारलाई आर्थिक सहयोग

स्वर्गीय लिम्बुको परिवारलाई आर्थिक सहयोग

  बिर्तामोड,  असार २९ ॥ सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले बिर्तामोड ५ का स्वर्गीय राजुमान लिम्बुको परिवारलाई आर्थिक सहयोग गरेको छ । असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बुको परिवारलाई नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यन्न सहयोग गरेको हो । एसोसिएशन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली स्वर्गीय लिम्बुको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकी  श्रीमती रिना लाओती ( मगर)लाई सहयोग हस्तान्तरण गरेको हो । एसोसिएशनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षीबाट संकलन गरिएको रकम सहयोग गरीएको संस्थाका महासचिब नेपालले जानकारी दिए ।
Read More
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकालागि सोनार क्यामरा र वाटर ड्रोन प्रयोग

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकालागि सोनार क्यामरा र वाटर ड्रोन प्रयोग

  चितवन असार २९॥ नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसको खोजीका लागि सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको हो । पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको प्रहरीले जानकारी दिए । शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।
Read More
आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

  झापा असार  २९॥ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती शनिबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ। तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। वधुशिक्षा’ उनको अर्को…
Read More
कोशी प्रदेशमा ६१.६७ प्रतिशत रोपाइँ सम्पन्न

कोशी प्रदेशमा ६१.६७ प्रतिशत रोपाइँ सम्पन्न

  विराटनगर, असार २९ ॥ कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा आठ लाख २६ हजार छ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । मनसुनको सक्रियतासँगै अहिलेसम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए  । उनले प्रदेशको उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र…
Read More