रौतहट साउन ३॥ रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्। राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृंखल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो। केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए। सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो। जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन्। दाहा मनाउने क्रममा करिब पाँच हजारभन्दा बढी मुस्लिम समुदायका स्थानीयको उपस्थिति थियो। स्थिति नियन्त्रणमा लिन १२० प्रहरी खटिएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेपछी स्थिति…

चारपाने साउन ३॥ विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ। यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताए। उनका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड बढी लगानी भइसकेको छ । स्थानीय व्यक्तिको सहयोगमा…

मेचिनगर साउन ३॥लायन्स क्लब अफ बिर्तामोड सिटीले झापाको मेचीनगरस्थित अमर प्राथमिक विद्यालयलाई ६ थान पंखा (सिलिङ फेन) बितरण गरेको छ । मेचीनगर–१२ धानजनस्थित बिद्यालयका बिद्यार्थीहरुकालागि पठनपाठनमा सहजता पुर्याउने हेतुले बिद्यालयलाई पंख बितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटीका बर्ष सन् २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले जानकारी दिनुभयो। उहाँले गर्मीको समयमा टिनको छानो भएको विद्यालयको भवनमा पंखा विना नै बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य भईरहेको भन्ने जानकारी पाएपछि लायन्स क्लव अफ बिर्तामोड सिटीले तत्कालै ६ थान पंख लगेर विद्यालयलाई हस्तनान्तरण गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक, बिद्यार्थी र अविभावकहरुको उपस्थितिमा विद्यालयमका भएको पंखा बितरण कार्यक्रममा लायन्स क्लब अफ…

बिर्तामोड, साउन ३ ।। झापाको बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ। झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको हो । जुन डोमालाल राजवंशी रंगशालामा राखिनेछ । सो शालिक बिर्तामोडको ३ नं वडा कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान संचालन गरिने पनि जानकारी दिए । जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको उनले बताए । स्व. डोमालालले दुर्गा मन्दिरको लागि करिव १२ विगाह जग्गा दान…