Sacho Khabar

Day: २०८१ श्रावण ७, सोमबार

कोटा बढाएर कामदार लैजान इजरायल सहमत

कोटा बढाएर कामदार लैजान इजरायल सहमत

  काठमाण्डौ साउन ७  सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजराइली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ। भेटमा दुईपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जी-टु-जी प्रक्रिया अन्तर्गत केयरगिभरमा नेपाली श्रमिक इजराइल पठाउन भइरहेको छनोट प्रक्रियाका बारेमा पनि छलफल भयो। छनोटको चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय जना वैकल्पिक उम्मेदवार गरी जम्मा आठ सय जना नेपाली श्रमिक इसराइल लैजाने भनिएको थियो। अब सो संख्या बढाएर एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जनासम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयले जनाएको छ। साथै,…
Read More
डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामा लाई प्रदान  

डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामा लाई प्रदान  

  विर्तामोड, साउन ७॥   डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा  २१ हजार नगद सहीत  सम्मानित भएका छन। प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो। झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई शाही सेनाले वि.सं. २०५९ साउन ७ गते चारआली व्यारेकभित्र कायरतापूर्वक हत्या गरेको थियो । उहाँको स्मृतिमा वर्षेनी पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ । विर्तामोडको सिटी सेन्टरमा आयोजित समारोहमा कोशी प्रदेशका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता एवम् पूर्व अर्थमन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि रहनु भएको थियो । उहाँले नै पुरस्कारको प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो । सेन्टरका झापा अध्यक्ष राजु…
Read More
बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन

  बिर्तामोड, ७ साउन ।। बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाऊँ' भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले रिवन काटेर बिक्री केन्द्रको उद्घाटन गर्नु भयो । नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४…
Read More