बिर्तामोड साउन २१।। टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन गरिएको छ। आज झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिति संयोजक रोम घिमिरेको अध्यक्षता तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यतामा झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो। प्रतिष्ठान कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको कार्यक्रममा राजु गिरी सहसंयोजक गुमान सिंह तामाङ सदस्य सचिव कमला नेमाङ आर्थिक संयोजक चयन भएका छन्। त्यसैगरी जिल्ला सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी,…

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आज सोमबार राजीनामा दिएकी छिन् । बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको छ । अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको उल्लेख छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो । उनले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेकी थिइन् । तर त्यसो गर्ने मौकासमेत नदिइएको समाचार एजेन्सीहरुले लेखेका छन् । सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समयसेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका…

कनकाई ।२१ साउन।। झापाको कनकाई नगरपालिकामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम भएको छ । कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरको सभाहलमा आइतवार कार्यक्रम भएको हो । नगरकी न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । झापा जिल्ला न्याधिश अशोककुमार बस्नेत, झापा बार एशोशिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी वडा न ३का अध्यक्ष युवराज चौलागाईंले न्यायीकका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । स्वागत नगर न्यायिक समिति सदस्य नवलकिशोर दत्तले गरेको उद्य्घाटन कार्यक्रमको…