अर्जुनधारा साउन २८।। युवा व्यवसायी समाज बिर्तामोडले पुर्वको पशुपतिनाथ , अर्जुनधारा जलेश्वर धाममा दर्शन गर्न आउने भक्तजनहरु लाई एक सय एक के.जि लड्डु (प्रसाद )बितरण गरेको छ बिर्तामोडका सफल युवा व्यवसायीहरूले साउनको अन्तिम सोमबार अर्जुनधारा जलेश्वर धाममा पूजा गर्न आएका भक्तजनका लागि प्रसाद र पानी वितरण गरेको समाजका सचिव प्रकाश बानियाँले बताए । समाजको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका पदाधिकारी र सदस्यहरु बसेर प्रसाद वितरण गरिएको थियो । दुर्घटना मा घाइते संस्थाका सदस्य रुद्र झाको शिघ्र स्वास्थ लाभको कामना गर्दै सो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुसन पराजुलीले जानकारी दिए। आगामी दिनमा पनि आफ्नो व्यापार व्यवसाय सँगसँगै समाजसेवालाई पनि अगाडि…

बुद्धशान्ति साउन २८ ।। फ्रेन्डसीप क्लब बुद्धशान्ति ६ शान्तिनगरले लागू पदार्थ दुर्ब्यसन नियन्त्रणका लागि जनचेतना मुलक भिडियो प्रदर्शन गरेको छ । बुद्धशान्ति गाउँपालिका र वाड न. ६ को संयोजन एबम आर्थिक सहयोगमा आइतबार चेतनामुलक "नया जीवन" लघु चलचित्र प्रदर्शन गरिएको क्लबका सदस्य अर्जुन अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्ने बताए । गाउँपालिका सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बम्धि कार्यक्रममा शुभकामना मनतव्य राख्दै प्रमुख अतिथी प्रसाईले पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त…

झापा साउन २८।। भारतको पश्चिम बङ्गाल बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन्। मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो। घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै भएको हो। ठक्कर…

खोटाङ साउन २८।।खोटाङकी एञ्जल राईले मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेकी छिन् । ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गरेकी छिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा एञ्जलले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पारेको आयोजक एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राईले जानकारी दिए। स्नातक उत्तिर्ण गरेकी एञ्जलले प्रभु बैङ्क, नेपाल आदिवासी जनजाति महासङ्घ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फस्ट…

झापा साउन २८। झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान ३ः५५ बजेको समयमा दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली ठाउँमा लुकाइछिपाई राखिएको मेडइन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको डीएसपी चन्दले बताए । बरामद गरिएको पेस्तोल, म्याग्जिन, स्कुटरसहित गजमेरलाई…