बिर्तामोड साउन ३२।। पहिलो संस्करणको अपार सफलतापछि गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करणको डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए । याक्थुङहरूको हराउँदै गइरहेको भाषा लिपि संस्कार संस्कृति रीतिरिवाजलाई विश्वभर प्रचारप्रसार गर्ने र लोप हुँदै गइरहेको ढेक याक्थुङ मौलिकताको उजागर गर्ने उद्देश्य सहित याक्थुङ स्टार आयोजना गरिएको आयोजक अमर कृति म्युजिक प्रालीका सञ्चालक लिम्बुले जानकारी…

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे भन्ने ठाउँमा शुक्रबार लेदोसहित भीषण बाढी आएको छ। हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढी पसेको खबर आएको बताइन्। प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्। ‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्, ‘केही भौतिक संरचनामा क्षति पुगेको जानकारी आएको छ। पुष्टि हुन बाँकी छ।’ स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ।

खोटाङ साउन ३२ ।। भारी वर्षपछि गएको पहिरोले पुरिएर खोटाङमा एक शिक्षिकाको निधन भएको छ। जिल्लाको रावाबेँसी गाउँपालिका ३ की ६० वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर निधन भएको हो। स्थानीय विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका नेवार बिहीबार विद्यालय जाँदै गर्दा बाटोमाथिबाट खसेको पहिरोले पुरिएकी थिइन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोले पुरेर गम्भीर घाइते भएकी नेवारको उद्धार गर्न ढिला भएकाले घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको खोटाङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ट उपरीक्षक भीम दाहालले बताएका छन्।