बेरुत —इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । आक्रमणमा मारिनेहरू सिरियाली नागरिक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। इजरायली सेनाले विद्रोही संगठन हेजबोल्लाहको हतियार डिपोलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इजरायल नियन्त्रित गोलन हाइट्समा करिब दुई साताअघि गरिएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका र किशोरकिशोरीको ज्यान गएको थियो । जसका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको हो । घटनाको जवाफमा इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरी हेजबोल्लाहका कमाण्डरको हत्या गरेको थियो । हेजबोल्लाहले हमास नेता इस्माइल हानियाको हत्याको इजरायलसँग बदला लिने बताउँदै आएको छ । इजरायल र प्यालेस्टिनी…

काठमाडौँ भाद्र १।।गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज हुँदैछ। भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्। यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द…

काकरभिट्टा भाद्र १ । प्रहरीले झापाको मेचीनगरबाट दुईजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति ४ बुधबारेका ३१ वर्षीय दोर्णबहादुर बेघालाई पक्राउ गरेको हो । उनीमाथि जाँच गर्दा पाइन्टभित्र लुकाएर राखेको कालो रङको प्लाष्टिकको पोकाभित्र १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो । त्यस्तै, भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १० शान्तिटोलका ३० वर्षीय सुरेन्द्र गुरुङलाई पक्राउ गरिएको छ । उनीमाथि जाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।