झापा।। विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु (छोरा) जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्छ । शिशु कसले जन्माएर फालेको हो भन्ने अहिलेसम्म यकिन भइनसकेको बस्नेत बताउँछन् । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

इलाम, भदौ ५ ।। करोडौँ रुपियाँ खर्चँदा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माइखोला राजदुवाली माथिको सडक खण्डको वैकल्पिक सडक निर्माण हुने भएको छ । इलाम नगरपालिका–१० गोदकको सिमल गोलाई देखि माइजोगमाई गाउँपालिकामा पर्ने माइबेनी हुँदै इलाम तिल्केनी जोड्ने गरी वैकल्पिक मार्ग बन्ने भएको हो । यो सडकका लागि चालू आर्थिक वर्षमा योजना आयोगको रातो किताबमा एक करोड रुपियाँ बजेट रहेको उल्लेख छ । हरेक वर्ष वर्षायाम सुरु भएपछि राजमार्गको यो खण्डमा सवारीहरू कष्टपूर्ण ढङ्गले सञ्चालन हुने गरेका थिए । पछिल्लो पटक सडक हिलाम्य भएपछि पुनः निरिक्षणमा पुग्नु भएका सडक डिभिजन कार्यालय इलामका इन्जिनियर लक्ष्मण बरालले…