बिर्तामोड ।। नेपालीहरूको महानचाड हरितालिका तीजको अवसर पारेर बजारमा विभिन्न तीज गीतहरू आइरहेको बेला सरगम संगीतालय बिर्तामोडले पनि नयाँ तीज गीत सार्वजनिक गरेको छ। गायिकाहरू दीक्षा रसाइली सपना थापा रविना लिम्बु सोनिया घिसिङ र निरुता तामाङको स्वरमा रहेको तीज गीत 'आयो तीज रंगियो गाउँ बेसी' नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरगम संगीतालयको ब्यानरमा निर्माण भएको उक्त गीत सरगम- संगीतालयकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। झापाको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई दीपक रायमाझीले निर्देशन सुवास लिम्बुले छायाङ्कन पदम तामाङले शृंगार र दिलमाया पन्थाक लिम्बुले नृत्य निर्देशन गरेका छन्…

गोरखा– चर्चित कार्यक्रम ‘हेर्ने कथा’बाट चर्चामा आएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ (पाका) अन्तत गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् । उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने…

फिदिम भाद्र १३ ।। पाँचथरको फालेलुङ ५मा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते भएका छन् । बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएको फालेलुङ ५ वडाध्यक्ष भरतबहादु खपाङगीले जानकारी दिए । विस्फोटक पदार्थ पड्किंदा ३ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन् । फालेलुङका ११ वर्षीय दिपशन साँवा , २ वर्षीय प्रियसा सावा , ११ वर्षीय पबन राई गम्भिर घाइते भएका छन् । ७ वर्षिय दिपशन राई सामान्य घाइते रहेको खपाङगीले जानकारी दिए । सामान्य घाइतेकाे स्थानिय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ । गम्भीर घाइते बालकहरुको उपचारको लागी जिल्ला अस्पताल पाँचथर…

नेपालगञ्ज ।। बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । “बस चालक हाम्रो नियन्त्रणमा छ । मोटरसाइकल बचाउन…

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा । अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । ‘हामीले मागेको विवरणका आधारमा प्रतिवेदन तयार गर्यौं र सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको हो,’ झाले भने । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा कारखानामा…