Sacho Khabar

Day: २०८१ भाद्र २०, बिहीबार

उदयपुरमा आमाछोराको हत्या, घटनाको अनुसन्धान गर्दै प्रहरी

उदयपुरमा आमाछोराको हत्या, घटनाको अनुसन्धान गर्दै प्रहरी

  उदयपुर भाद्र २० ।। उदयपुरको कटारी नगरपालिका- १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ।  वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षीय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो। वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको  हो’, वडाध्यक्ष खड्काले भने ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ।’ इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए।  घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर/पहाडी भेगमा पर्दछ।  वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा…
Read More
अमेरिकामा एक बालकले अन्धाधुन्द गोली चलाउँदा चारजनाको मृत्यु

अमेरिकामा एक बालकले अन्धाधुन्द गोली चलाउँदा चारजनाको मृत्यु

  एजेन्सी।। जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीबारी भएको थियो । गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । निजलाई हत्याको अभियोग लगाइने भएको छ ।
Read More
हरितालिका तीज, आज दर खाने दिन

हरितालिका तीज, आज दर खाने दिन

  झापा भाद्र २० ।। नेपाली नारीहरूको महान पर्व हरितालिका तीज आजबाट सुरु भएको छ। नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइती पक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले…
Read More
न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड  बाट सम्मानित

न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड बाट सम्मानित

  झापाको बिर्तामोडमा रहेको न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड २०२४ बाट सम्मानित हुने भएको छ । टुरिजम रिसर्च एण्ड ट्रेनिग इन्स्टिच्यूटले हरेक वर्ष आयोजना गर्ने नेशनल टुरिजम कन्फरेन्समा देशभर गठित णसनअल सुस्तैनब्ले टोउरिस्म क्लब (ण्स्ट्क्) हरुमध्येबाट वार्षिक क्यालेन्डर अनुसार न्युट्न्स सम्मानित हुने भएको न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए । इन्स्टिच्यूटले विविध कार्यक्रमहरु गर्दै सक्रिय रहेका क्लब मध्येबाट न्युट्न्स छनोट भएको हो । क्लबले वातावरण, पर्यटन, सरसफाई, शैक्षिक गतिविधि लगायतका क्षेत्रहरुमा काम गर्दै आएको क्लबका संयोजक पवित्रा पौडेलले बताएकी छन् । त्यस्तै भरतपुरमा रहेको मदरलेन्ड सेकेन्डरी स्कुल पनि द मोष्ट एक्टिभ क्लव अफ द इएर २०२४…
Read More