Sacho Khabar

Day: २०८१ भाद्र २२, शनिबार

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

  धनुषाधाम : धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन्। आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको रोशन दासले जानकारी दिए। सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए। यहाँ शुक्रवारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा भइरहेको छ। तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन दश जोडीले विवाह र १७० जनाले रक्तदान गरेका हुन्। तेस्रो दिन आइतवार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ।  
Read More
‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले सहयोग गरौं’ ! मुख्यमन्त्री कार्की

‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले सहयोग गरौं’ ! मुख्यमन्त्री कार्की

  विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।  २१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपरने बताए ।  सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए।  मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा अप्रत्क्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए। निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै…
Read More
डेंगू  संक्रमणबाट झापामा एक बालकको मृत्यु

डेंगू संक्रमणबाट झापामा एक बालकको मृत्यु

  बिर्तामोड ।। डेंगू रोगको संक्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । न्यूटन एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत विद्यार्थी आलोकजंघ बस्नेतको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पताल बिराटनगरमा उपचाररत बिद्यार्थीको उपचारकै क्रममा निधन भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिए । उनको आठ वर्षको उमेरमै निधन भएको हो। विद्यार्थीको निधनसंगै आइतवार विद्यालय बन्द रहने भएको छ । विद्यलयकी संस्थापक अध्यक्ष धर्मा पराजुली प्रसाई र प्रिन्सिपल हुमागाईले विद्यार्थीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवार स्तव्ध र मर्माहत बनेको बताएका छन् । समवेदना पत्रमा पीडाको क्षणमा रहने हाम्रा अभिभावक नेत्र प्रसाद– लक्ष्मी वस्नेत, दिदी अल्का बस्नेत सहित समस्त…
Read More
एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

  बिर्तामोड ।। चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। पूर्वी नेपालमा सञ्चालनमा आएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।
Read More