बिर्तामोड । झापाको बिर्तामोड नयाँ बसपार्क स्थित कान्तिपुर ड्राइभिङ सेन्टरको नजिकै एकजना महिला मृत भेटिएकी छन् । नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षको जस्तो देखिने महिला साँझ ५ः३० बजे मृत फेला परेकी हुन् । बिर्तामोड आसपास मागी खाई हिँड्ने महिला मृत फेला परेको र प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

झापा ।। झापाको मेचीनगर-१४ की चेली तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार `एभरेस्ट बुचरी´मा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही `बुचरी´ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो…