Sacho Khabar

Day: २०८१ आश्विन ९, बुधबार

झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक

झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक

  झापा ।। बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिका अनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य ३ खेल हुनेछ । जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै बाइ पाएर…
Read More
वर्षासँगै परेको चट्याङ लागेर दमकमा एकजनाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर दमकमा एकजनाको मृत्यु

  बिर्तामोड ।। अविरल वर्षासँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको हो। हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो । दमक–४ घर भई मोरङको मिक्लाजुङ–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन गएका ३६ वर्षीय कुमार मोतेको दमक अस्पताल राति ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More