काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले गरेको छ। पहिरो ले पुरिएको बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

बिर्तामोड । झापाको बिर्तामोड बाट आफ्नु सेवा सुरु गरेको गणपति बेकर्सले आफ्नो तेस्रो शाखा अन्तर्गत झापाको चन्द्रगढीबाट सेवा सुरु गरेको छ। आज शनिबार पत्रकार सम्मेलन गरी चन्द्रगढी शाखाको बारेमा जानकारी दिइएको हो । ‘फ्रेञ्चाइज मोडेलमा शाखा शुरु गरेका हौं,’ गणपतिका सञ्चालक राजु ढकालले भने । चन्द्रगढी विमानस्थल गेट अगाडी रहेको क्याफे बिडीपी (भद्रपुर)ले गणपतिको फ्रेञ्चाइज लिएको क्याफेका सञ्चालक रियाज ढकालले जानकारी दिए । करिब ६० लाखको लगानीमा सञ्चालनमा आएको क्याफे नजिकै रहेको चन्द्रगढी विमानस्थललाई लक्षित गरी खोलिएको सञ्चालकले बताएका छन्। गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बर्थडे केक आफैँ उत्पादन गरेर ग्राहकलाई सेवा…

पाँचथर । गतवर्षको बाढीले पक्की पुल बगाएपछि बनाइएको हेवाखोलाको बेली ब्रिज पुन बाढीले बगाएको छ। मेचिराजमार्ग अन्तरगत फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए । बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे बताईएकाे छ । गत वर्ष असारमा आएकाे बाढिले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ । बेली ब्रिज बगाएसँगै नजिकिँदै गरेका चाडपर्वमा आवतजावत गर्न पनि स्थानीयलाई शास्ती भएको छ भने मालसामान ढुवानी गर्न पनि समस्या देखिएको…

धनकुटा।। १२ असोज।। पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३५ वर्षीया आशा तामाङ र उनकी आमा करीब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको हो। बिहान करीब साढे ३ बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछारीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए। उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्। यस्तै निरन्तरको वर्षाले चौविसे…

बिर्तामोड ।। लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१…

पाँचथर । पाँचथरको फिदिम मा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको करण गए राति पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो। फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबाशि जनजातीको भवन पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनिहरुकाे घरमा के काे थिए र काे काे बस्थे भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले जानकारी िदए । पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण…