धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ । शवको पहिचान खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिन यताको अविरल वर्षाले तमोर नदीमा बाढी आइरहेको छ । छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने आशङ्का गरिएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । बिहान करिब ८ः३० बजे शव भेटिएको हो । शव भेटिएको स्थान मूलघाटदेखि करिब १ किलोमिटर पश्चिममा छ । त्यस्तै, चौबिसे गाउँपालिका ४ स्थित फलामेटार तमोर नदीमा…

बिर्तामोड असोज १३।। नेपालीहरूको महान चाड दशैं तिहार आउन अब केही समय मात्र बाँकी छ। दसैं तिहार नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्। झापाको मेची नगरपालिका र भद्रपुर नगरपालिका संग जोडिएको भारतीय बजारमा अहिले चाड पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको भारतीय बजार पानी ट्याङ्कीमा सामान किन्न आएका नेपालीहरू को भनाइ छ किनमेल गर्न सीमावर्ती पानी ट्याङ्की बजार आएकी बिर्ता मोड ५ की बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। नजिकिँदै…

धादिङ । निरन्तर बर्षाका कारण धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा ३ वटा गाडी पुरिँदा हालसम्म ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको धादिङ प्रहरीले जनाएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाकाअनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको शंकामा खोजी कार्य जारी रहेको छ ।…

एजेन्सी ।। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ । डिभी २०२६ को लागि अहिले अँग्रेजीमा कार्यक्रम निर्देशिका सार्वजनिक गरिएको छ भने अतिरिक्त भाषाहरूमा अनौपचारिक अनुवादहरू थपिने जनाइएको छ । यो बर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको…

बिर्तामोड, १२ असोज : बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई खोप लगाउन आग्रहसमेत गर्नु भयो । भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोपकेन्द्र स्थापना गरी रेविजविरुद्दको खोप लगाईने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यक्ता अनुसार खोपकेन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरीने पशुपंछि मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । कार्यपालिका…