Sacho Khabar

Day: २०८१ आश्विन १५, मंगलवार

साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाई रिहा

साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाई रिहा

  बिर्तामोड । केही दिन अघि साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका एण्ड सी मेडिकल कलेजका सञ्चालक तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । मंगलबार बेलुका  जिल्ला अदालत काठमाडौँले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए । प्रहरीको साइबर ब्युरोले उनलाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’…
Read More
माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु

  बिर्तामोड। माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको  गौरीगंज गाउँपालिका-३ बाइसे टोल बस्ने ३६ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । आफ्नै घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न खेतमा रहेको पानी तान्ने विद्युतीय मोटरको तार खोली खोलामा लगाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।
Read More