बिर्तामोड झापा।। आजबाट बडा दशैं सुरु भएको छ। बडा दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ। नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको…

अमेरिकाले सन २०२६ का लागि अमेरिकाको डाइभसिर्टी भिसा अर्थात् डीभी आजबाट खुलाएको छ । नेपाली समय अनुसार आज राति ९ः४५ बजेबाट आवेदन दिन सकिनेगरी अमेरिकाले डीभीको आवेदन खुला गरेको हो । नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार अक्टोबर २ अर्थात् आज राति ९ः४५ बजेबाट आगामी नोभेम्बर ५ को राति १०ः४५ सम्म आवेदन दिन सकिनेछ । निशुल्क आफैँ dvprogram.state.gov मा गएर तोकिएको समयभित्र जुनसुकै बेला पनि आवेदन दिन सकिने दूतावासले जनाएको छ । त्यसैगरी आवश्यक प्रक्रिया पूरा गरेका आवेदकहरुमध्येबाट निष्पक्ष रुपमा नतिजा प्रकाशन गरिने समेत दूतावासले जनाएको छ । त्यस्तै एक व्यक्तिले एकपटक मात्रै डीभी भर्न पाउनेछ । साथै अघिल्लो वर्ष खिचिएको तस्बिरलाई नै…

झापा, १६ असोज : बिर्तामोड नगरपालिकाले आज बजार अनुगमन गरेको छ । दशैं, तिहार नजिकिएसंगै बजारमा हुने कालो बजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकोले खाद्यान्न, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरिएको हो । अनुगमन टोलीले बिर्तामोड ५ मा रहेको सतासी डिपार्टमेन्ट स्टोर र बिर्तामोड ४ को एभरेष्ट फ्रेस एण्ड फेसन मार्टबाट अखाद्य वस्तु मिसावट भएको एभरेष्ट मसला जफत गरेको छ । यो मसला खानका लागि अयोग्य रहेको जनाईएको छ । यस्तै बिर्तामोड ५ को स्वरोजगार भवानी बचत रिण सहकारी पसलबाट केहि अखाद्य रंग मिसावट भएको फ्राई मटर जफत गरेको छ । अनुगमनका क्रममा…