बिर्तामोड, १९ असोज : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मुक्तिचोक वरीपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ । यस अघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिएर देखिनै छाडेपछि यात्रुलाई सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो । वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)अर्जुन प्रसाद सोडारीले स्थानिय विभिन्न…

बिर्तामोड, न्युटनस् एजुकेसन एकेडेमीले कन्काई हस्पिटलसँग सम्झौता गरेको छ। न्युटनस् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि कन्काई हस्पिटलसँग सम्झौता भएको छ । विद्यालय परिसरभित्र भएका दुर्घटनाको लागि बिर्तामोड ५ स्थित कन्काई हस्पिटल प्रा.लि. र न्युटन्स् एजुकेसन एकेडेमीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा.लि.को तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ । (more…)

मकवानपुर असोज १९।। मकवानपुर प्रहरीले करिब साढे ११ करोडको अवैध सुन सहित दुई भारतीयलाई पक्राउ गरेको छ। नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा हेटौंडामा अवैध सुन अनेक उपाय अपनाएर भित्र्याउने क्रम बढेपछि प्रहरी चनाखो भएको छ । मकवानपुर प्रहरीले शनिबार विहान ११ करोड बढीको अवैध सुनसहित हेटौंडामा २ भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले पूर्वपश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपियाँको अवैध सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघङ्ची थाना पुजारबाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली…