Sacho Khabar

Day: २०८१ आश्विन २७, आईतवार

झापाको केर्खामा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

झापाको केर्खामा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

   बिर्तामोड असोज २७ ।। पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका वडा नम्बर ४ अमलडाँगीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । हिजोरती पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को. २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो । गम्भीर घाइते दुवैलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा चिकित्सकले जाँच गर्दा दुवैजनाको मृत्यु भइसकेको थियो । घटनाबारे उनीहरुको आफन्तलाई जानकारी गराइ  प्रहरी चौकी केर्खाले मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

  मेचीनगर असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । दुर्घटनाबाट साइकलमा सवार रहेका स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए । दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन…
Read More
दशैंको टिका – आज दोस्रो दिन।

दशैंको टिका – आज दोस्रो दिन।

झापा। आज नेपालीहरूको महान् चाड बिजया दशमीको टीकाको दोस्रो दिन पनी टिका र जमरा लगाउने क्रम जारी रहेको छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार आज पनी टिका लगाउने क्रम जारी रहेको हो। मान्यजन टाढा टाढा हुनेहरू आजदेखि पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने चलन रहेको छ। त्यसो त कतिपय ठाउँमा टिका लगाउने दिनका बारेमा फरक भएको पाइन्छ। कुनै ठाउँमा हिजो अर्थात् विजया दशमीको दिनमात्र टीका लगाएको पाइन्छ तर असनका बासिन्दाले चाहीँ आज टीका थाप्दैछन् ।हरेक वर्ष असोज शुक्ल एकादशीका दिन त्यहाँका स्थानिय बासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा…
Read More