बिर्तामोड कार्तिक १३ ।। लिङ्कन मन्टेश्वरी स्कुलले शुभ-दीपावलीको अवसरमा विद्यालयमा अध्ययनरत सानासाना नानीबाबुहरूसँग देउसी भैलो खेली शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो । तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताए । तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी…