बिर्तामोड कार्तिक १५।। झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो। गोरुले हानी घाइते बनेका शर्माका ढाडका ७ वटा करङ भाँचिएका थिए। उनलाई लाइफ लाइन अस्पताल दमकमा उपचार गराउँदा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको थियो। उपचारका क्रममा उनको नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै सोही गोरुलाई समाउने क्रममा उनका छिमेकी रविन राजवंशी पनि घाइते भएका छन्। राजवंशीको टाउकोमा चोट लागेको छ।

बिर्तामोड, १५ कात्तिक : पूर्बेली ढुवानी सेवा प्रा. लि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउँदै लगेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिपर्दी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गर्नु भयो । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गर्नु भएको हो । प्रविधिको विकाससंगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दश १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताउनु भयो । पूर्बेलीले २५१८ सी मोडलको…