मेचीनगर कार्तिक १६।। बाहुण्डाँगी जेसीजको संयोजनमा निर्माण भएको जेसीज धारा उद्घाटन गरिएको छ । मेचीनगर ४ आमडाँगीमा रहेको शिवालय मन्दिरमा धारा निर्माण गरिएको हो । मेचीनगर ४ आमडाँगीका राहुल भातरी (रबिन) ले आफ्ना बुबा टिकाराज भारतीको स्मृतिमा निर्माण गरिदिनु भएको उक्त जेसीज धाराको लक्ष्मी पुजाको अवसर पारेर उद्घाटन गरिएको हो । यस अघि टंकबहादुर देवकोटाको स्मृतिमा पहिलो जेसीज धारा निर्माण गरिएको थियो । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेर काम गर्दै आएका भारतीले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो । बाहुण्डाँगी जेसीजले वर्ष २०२४ मा गरेको कामलाई नजिकबाट नियालेका भारतीले जेसीजका अध्यक्ष देबु बानियाँलाई आफ्ना बुबाको…