अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुन विजयी भएका छन्। अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ। समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल…