Sacho Khabar

Day: २०८१ कार्तिक २३, शुक्रबार

आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास सार्वजनिक

आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास सार्वजनिक

  बिर्तामोड कार्तिक २३।। आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको  एक समारोहका बीच आज झापाको बिर्तामोडमा विमोचन गरीएको छ । क्यान्सर रोग बाट ग्रसित  शिक्षक समेत रहेका लेखक बुढाथोकीको  चार बर्षको प्रयासपछि प्रकाशन गरिएको कृतिको शुक्रबार बिर्तामोडमा विमोचन गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी लगायत सम्पूर्ण विशिष्ट व्यक्तिहरूले संयुक्त रुपमा ‘याङरुप’ उपन्यासको विमोचन गरेका हुन् । मेची क्याम्पसका प्राध्यापक तारा विविध, मधु केरुङ, प्राडा बद्री विलास पोखरेल, प्राडा टंक न्यौपाने र डा. बालचन्द्र सुब्बा लगायतले पुस्तकको समिक्षा गरेका थिए । कार्यक्रममा कवि तथा गजलकार रिता…
Read More
लिङ्कन मन्टेश्वरीको आयोजनामा  मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु

लिङ्कन मन्टेश्वरीको आयोजनामा मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु

  बिर्तामोड कार्तिक २३।।   झापाको बिर्तामोडमा संचालित  लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । दुईदिन सम्म चल्ने  तालिम मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले  आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा बिर्तामोड र कन्काई नगरका पाँच वटा विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । तालिमको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल तथा हिसान झापाका सचिव देबेन्द्र हुँमागाईले उद्घाटन गरेका छन् । तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी स्कूल  र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको…
Read More
पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा झडप,चारजना घाइते

पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा झडप,चारजना घाइते

  ताप्लेजुङ  कार्तिक २३।।    ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा काफ्ले पार्टीमा शुक्रबार दुईपक्षबीच झडप भएको  छ। केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना भएको हो । उक्त स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर  अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो। त्यसपछि केवलकार निर्माणका पक्ष र विपक्षबीच ढुङ्गा हानाहान भएको हो  । उक्त झडपलाई नियन्त्रणका क्रममा केही प्रहरी र केही प्रदर्शनकारी  घाइते भएका छन्। घाइते हुनेमा केवलकार निर्माण विरुद्धका अगुवाई गर्ने मध्य एक चन्द्र मादेन ,मनकुमार लिम्बु र…
Read More