बिर्तामोड ।। झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती वडा बाल संजालले अन्तर्राष्ट्रिय विश्व बाल दिवसको अबसरमा बालबालिकाको प्रतिभा पहिचान गर्न खुल्ला एकल नृत्य प्रतियोगिता साथै विविध सास्कृतिक कार्यक्रम गरेको छ । सरस्वती वडा बाल संजालका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षता र झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी सावाँ लिम्बुको प्रमुख आतिथ्यतामा बुधबार भृकुटी मावि दुर्गापुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर गरिएको प्रतियोगितात्मक खुल्ला एकल नृत्य प्रतियोगितामा २५ जनाको सहभागीता रहेको थियोे । प्रतियोगितामा कोपिला कार्की डाेली प्रथम , रितिका लिम्बू द्वितीय , कुसुम डुङ्गाना तृतीय र सविना अोलिले सान्त्वना…

बिर्तामोड, ६ मंसिर ।। बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनु भयो । छाडा कुकुरकाकारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुनेगरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने…