झापा। मंसिर ११ ।। झापाको कनकाई नगर पालिकमा गौहत्या भएको छ । कन्काई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको अवस्थामा फेला परेको छ । लीला संग्रौलाको घरमा डेरा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको कोठामा लगेर गाई काटेको अवस्थामा फेला पारिएको हो । उनले हरिकुल स्कुलनजिकबाट दुहुनु गाई चोरेर लगेको बुझीएको छ । गाई काट्ने व्यक्ति फरार रहेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर छानबिन गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा पनि गाई काटिएको अवस्थामा फेला परेको थियो ।

बिर्तामोड, ११ मंसिर ,।। बिर्तामोड नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार कार्यक्रम गरेको छ । नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अभियान अन्तर्गत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मर्यादित समाज निर्माणको लागि कोहि कसैले अर्कोमाथि हिंसा गर्न नहुने धारणा राख्नु भयो । उहाँले लैङ्गिक विभेद सामाजिक अपराध रहेकोले सबै सचेत हुनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्ट, मेची महाकाली बुहारी संयुक्त आवाज…