बिर्तामोड मंसिर १८ ।। ३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा विद्यालयका संस्थापक हरि प्रसाईंको स्मृति दिवसको अवसरमा न्युटन्स् बाल क्लबले अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान गरेको छ । बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्ग भएका व्यक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका शिक्षकद्वय पदम अधिकारी र चन्द्र भट्टराईलाई दोसल्ला, टोपी र मायाको चिनोले सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिनुभयो। बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका डाईरेक्टर आशिष प्रसाईं रहेका थिए । उक्त अवसरमा बालबालिका तथा शिक्षा संचार…

बिर्तामोड ।। पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–११ स्थित तेलीबारी सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । आज दिउँसो साढे १२ वजे बागमती प्र–०१–००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोसा चालक भद्रपुर नगरपालिका–१० बस्ने अन्दाजी वर्ष ५५ का किसन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले करिव १ वजे मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ । बस चालक उदयपुरको चौडण्डीगढी नगरपालिका–६ बस्ने अन्दाजी बर्ष ४२ का विजयकुमार यादव,…