Sacho Khabar

Day: २०८१ पुष १०, बुधबार

सामाजिक सञ्जालमा विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न शिक्षा मन्त्रालयको अनुरोध

सामाजिक सञ्जालमा विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको छ । पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न मन्त्रालयले अनुरो गरेको हो। सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले जानकारी दिएका छन् । परामर्श दिने संस्थाले आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नम्बर, अनुमति नम्बर, सम्पर्क ठेगानासँगै परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज, विषय, अवधि, उपाधि, लागत, मान्यता, स्तर निर्धारणलगायत स्पष्ट खुलाउनुपर्नेजस्ता…
Read More
इसाई धर्मावलम्बीले  आज क्रिसमस डे मनाउँदै

इसाई धर्मावलम्बीले  आज क्रिसमस डे मनाउँदै

  इसाई धर्मावलम्बीले  आज क्रिसमस डे मनाउँदैछन्। अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। ‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ। क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
Read More