Sacho Khabar

Day: २०८१ पुष २३, मंगलवार

भूकम्पमा परी चीनमा हालसम्म ३६ जनाको मृत्यु

भूकम्पमा परी चीनमा हालसम्म ३६ जनाको मृत्यु

  एजेन्सी ।।  चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। भूकम्पको धक्का नेपाल भारत भुटान  लगायतका  देशहरुमा  समेत महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
Read More
चीनलाई केन्द्रविन्दु बनाएर सात म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

चीनलाई केन्द्रविन्दु बनाएर सात म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

  झापा पौष २३ चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ  आज मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा  भूकम्पको धक्का महसुस भएको हो । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्काले  नागरिकहरु सडकमा निस्किएका थिए । भूकम्पको धक्का पूर्वी नेपालका अधिका ंश जिल्लाहरूमा महसुस गरिएको छ। तराइका जिल्ला र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए । भूकम्पको धक्का क्रोक्रो हल्लाएजसरी विस्तारै तर केही लामो समय महसुस भएको थियो । भूकम्पको…
Read More