झापा ।। सल्यानमा आफ्नै आमाले दुई नाबालिका छोरीको हत्या गरेकी छिन् नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए । बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् । यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो। दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए । घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको…

बिर्तामोड पुस २४ ।। झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ । बिर्तामोड ५ को जात्रुवारीमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्थामा फालिएको फेला परेको हो । आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । करिव एक महिनाअघि पनि त्यस ठाउँमा त्यस्तै नवजात शिशुको शव फेला परेको थियो ।