Sacho Khabar

Day: २०८१ फाल्गुन २१, बुधबार

अर्जुनधारामा आज सार्वजनिक बिदा

अर्जुनधारामा आज सार्वजनिक बिदा

झापाको अर्जुनधारा नगरपालिकाले फाल्गुन २१ गते बुधबार (आज ) सार्वजनिक विदा दिएको छ । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नगरपालिकाले आज स्थानीय विदा दिएको जनाएको छ । नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै  स्थानीय विदा दिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष फागुन २१ गते मनाउँदै आइएको सुखानी शहिद स्मृति दिवशको अवसरमा मिति २०८१ साल फागुन २१ गते बुधबारका दिन यस अर्जुनधारा नगरपालिका अन्तर्गतका निकाय तथा शैक्षिक संस्थाहरुमा ( स्वास्थ्य संस्थाको आकस्मिक सेवा तथा प्रसूती सेवा बाहेक) स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
Read More
प्रेस सेन्टर नेपालको पद हस्तान्तरण तथा बिमोचन कार्यक्रम……..

प्रेस सेन्टर नेपालको पद हस्तान्तरण तथा बिमोचन कार्यक्रम……..

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले मंगलबार ब्यानर बाचन गरेर सुभारम्भ गरिएको कार्यक्रममा पुर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एबम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा बिद्यमान उपलब्धिलाई पुर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रमका विशेष अतिथि…
Read More