Sacho Khabar

Day: २०८१ चैत्र ६, बिहीबार

एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनमत निर्माण गर्ने लक्ष्यसहित चैत ११ गतेदेखि व्यापक कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ। एमालेले तीन महिनायता वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। त्यसलाई थप प्रभावकारी बनाउँदै चैत ११ गते एकैदिन देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरिएको छ। पार्टीले चैत ११ देखि ३० गतेसम्म विभिन्न चरणमा जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ। चैत १८ गते देशका प्रमुख सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिनेछ। त्यस्तै, चैत…
Read More
एसइई परीक्षा आजदेखि पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै

एसइई परीक्षा आजदेखि पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै

  झापा चैत्र ७ ।। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुदैछ । परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार…
Read More