सुनसरी। २२ असोज।। वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछी जेटबोट सञ्चालनमा ल्याइएको छ ।
सुनसरीको चतरास्थित सप्तकोशी नदी भएर आवतजावत गर्न यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका हुन्।उनका अनुसार वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको हो।
दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ । चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म उक्त बोट सञ्चालन हुँदै आएको छ ।
यस वर्ष पनी बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो ।