Sacho Khabar

लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

Advertisement

 

बिर्तामोड ।।   झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आज विद्यालयमा बालबालिकासँग शुभकामना आदान-प्रदान गरिएको हो ।

कार्यक्रममा मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो विद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । ६ जना शिक्षक कर्मचारी रहेको  विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, नगर सचिव सुरेन्द्र खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा, कञ्चन अंग्रेजी माविका प्रधानाध्यापक दीपक चम्लागाँई, लेखक तथा पत्रकार तीर्थराज सिग्देल, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, सञ्चारकर्मी, विभिन्न टोल विकाश संस्थाका अध्यक्ष तथा पदाधिकारी लगायतको आतिथ्यता रहकोे थियो ।

उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक सरोज पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...