Sacho Khabar

साफ महिला च्याम्पियनसिप, समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो

Advertisement

 

 काठमाडौं ।।  साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो भुटानसँग पहिलो बराबरी हो ।

दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न सकेन ।

साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न सकेन । नेपालले साफ च्याम्पियनसिपको समूह चरणको खेलमा गोल नै गर्न नसकेको पनि यो पहिलो अवसर हो । यसअघि साफको ६ संस्करणमा खेलेको समूह चरणको सबै खेलमा नेपालले कम्तिमा १ गोल भने गरेको थियो ।

१३ औं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा भुटानकी गोलरक्षक संगीता मोंगर बाधक बनिन् । रश्मी कुमारी घिसिङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार संगीताले बचाइन् । त्यसको रिबाउन्ड भने भुटानी डिफेन्डरले क्लियर गर्दै खतरा टारे ।

२५ औं मिनेटमा नेपालका लागि सरु लिम्बुले अवसर सदुपयोग गर्न सकिनन् । प्रिती राईले डिफेन्स लाइन बिट हुने गरेर दिएको पासलाई सरुले पेनाल्टी क्षेत्र भित्र लग्दै गरेको प्रहार पोस्टको दिशामा रहेन ।

४० औं मिनेटमा नेपालले भुटानको पेनाल्टी क्षेत्रभित्र लगातार ३ पटक प्रहार गर्ने अवसर पाएपनि सबै प्रयासमा भुटानको डिफेन्स बाधक बन्यो । रश्मीको क्रसमा अमिषा कार्कीको सुरुवाती प्रयास सफल नहुँदा त्यसपछि आएको लगातार प्रयास पनि सदुपयोग हुन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते हुँदा स्ट्रेचरमा बाहिर लगियो । उनको स्थानमा विमला विक मैदान प्रवेश गरिन् ।

दोस्रो हाफमा नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सरु लिम्बू र रेनुका नगरकोटेको स्थानमा दिपा शाही र रेखा पौडेललाई मैदान प्रवेश गराउँदै आक्रामक परिवर्तन गरे । फलस्वरूप नेपालले सुरुवाती समय लगातार आक्रमण बुन्दै विपक्षी पोस्ट दबाब कायम गर्यो ।

५२ औं मिनेटमा नेपालको अग्रतामा भुटानी डिफेन्डर जाम्याङ छोदेन बाधक बनिन् । कर्नरमा आएको बललाई रेखाले पहिलो टचमै पोस्टको दिशा दिएपनि जाम्याङले गोललाइनबाट बल क्लियर गर्दै नेपाललाई अघि बढ्न दिइनन् ।

५८ औं मिनेटमा सविता राना मगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई संगीताले नियन्त्रणमा लिइन् । लगत्तै दिपा शाहीको पासमा रेखाले पेनाल्टी क्षेत्रभित्र पर्याप्त समय पाएपनि उनको प्रहार सिधै गोलरक्षकको हातमा गयो ।

७२ औं मिनेटमा दिपा शाही घाइते हुँदा पुन: स्ट्रेचरमा बाहिर लग्नुपरेको थियो । उनको स्थान अनिता केसीले लिइन् ।

८४ औं मिनेटमा नेपालको अवसरमा पुन: एकपटक गोलरक्षक संगीता नै बाधक बनिन् । पेनाल्टी क्षेत्र भित्रबाट सविताको प्रहारलाई संगीताले दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै बचाउ गरिन् ।

इन्ज्युरी समयमा सविता राना मगरको प्रहार पोस्टमा लागेर फर्कंदा भुटानले पहिलो पटक नेपालबाट अंक खोस्न सफल रह्यो

प्रतियोगिता अन्तर्गत शनिबार कुनै खेल हुने छैन भने आइतबार साँझ ५:३० बजे बंगलादेश र पाकिस्तान खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...