Sacho Khabar

इलामको माई नगरपालिकामा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द !

Advertisement

 

झापा कार्तिक ३० ।। इलामको माई नगरपालिका –२ चेप्टीमा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।  सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो।

वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदातलको आदेशपछि निर्माणकर्ता आफैंले बन्द गरेको कागज बुुझाएको जनाएको छ । कार्यालयले आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र कार्यालयलाई बुुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताए ।

एकसय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कूूल दुुईसय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स चेप्टी प्रालिले करोडौं रुपियाँको लगानीमा फनपार्क निर्माण भएको थियो । फनपार्कका नाममा भने ४१ रोपनी जग्गा दर्ता थियो ।

गतवर्ष सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको छ । अख्तियारको पत्राचार पछि वन डिभिजन कार्यालयले सो क्षेत्रको अतिक्रमित जग्गा र पार्कको नामको ४१ रोपनी जग्गा छुट्याएको थियो ।

जग्गा छुट्याएपछि फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले हालेको रिटलाई उच्च अदालत विराटनगर, इलाम इजलासले २०८१ असार २२ गते खारेज हुने फैंसला गरेको र फैंसलाको पूर्ण पाठ भने आइनसकेको वन डिभिजन कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । ‘अहिले फनपार्कबाट रेखाकंन गरी छुट्याइएको सरकारी तथा सामुुदायिक वनको जग्गाको रेखदेख र  हेरविचारको खाँचो छ’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘अब अदालतको पूर्णपाठ आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...