Sacho Khabar

सवारी दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

Advertisement

 

इटहरी ।। सुनसरीकाे इटहरीमा आइतबार बिहान भएकाे दुर्घटनामा श्रीमान-श्रीमतीकाे मृत्यु भएकाे छ।

नचिनेकाे सवारी साधनकाे ठक्करबाट सखुवासभाकाे धर्मदेवी नगरपालिका ६ बस्ने बर्ष ३२ को युवराज गुरुङ र पछाडि सवार उनकी श्रीमती बर्ष ३२ कि टीका गुरुङकाे मृत्यु भएकाे हाे ।

आइतबार दिउसाे ११ बजे इटहरी उप-महानगरपालिका १६ बालग्राम स्थित पुर्व पश्चिम राजमार्गमा झुम्का बाट ईटहरी तर्फ आउदै गरेको को ३६ प ५६३७ नं.को माेटरसाइकलमा सवार उनीहरुलाई अज्ञात सवारी साधनले ठक्कर दिएकाे थियाे ।

गम्भीर घाइते उनीहरुकाे स्थानीय एपेक्स अस्पताल ईटहरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा अस्पताल पठाईएको थियाे । उनीहरुकाे घाेपामा नै मृत्यु भएकाे अस्पतालका चिकित्सकले जनाएका छन् । ठक्कर दिने सवारी साधनकाे खाेजतलास सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...